Pura Samachar

खोपका लागि सिभिल हस्पिटलमा बालबालिकाहरुको भिड

प्रकाशित: November 22, 2021

खोपका लागि सिभिल हस्पिटलमा बालबालिकाहरुको भिड

काठमाडौं– १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई हिजो आईतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन थालिएको छ ।

शनिवारसम्म यो खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई मात्र दिइएको थियो ।

आइतबारदेखि भने यो उमेर समुहका निरोगी बालबालिकाहरुलाई समेत यो खोप दिन थालिएको छ ।

यी तस्विरहरु सोमबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खिचिएका हुन् ।

बिहान ६ बजेदेखि नै लाइनमा बस्नेहरुलाई अहिले १० बजे पछि कुपन उपलब्ध गराइएको छ ।
सिभिलमा सोमबार ४ सय मात्र खोप लगाइने बताइएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरुलाई पनि यो खोप दिने क्रम जारी छ ।

यो खोप काठमाडौं उपत्यकाका आठ वटा खोप केन्द्रसहित देशभरीका २४ वटा खोप केन्द्रमा यो खोपि दिइँदैछ ।

थोरै मात्रा खोप बाँकी रहेकाले पहिला आउनेलाई प्राथमिकता दिइने स्वास्थ्य विभागले जनाएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गत कात्तिक २८ देखि लगाउन थालिएको हो ।

प्रतिक्रिया