Pura Samachar

विप्लवका कार्यकर्ताद्वारा आयल निगम घेराउ

प्रकाशित: November 22, 2021

विप्लवका कार्यकर्ताद्वारा आयल निगम घेराउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको ध्यानाकर्षण गराएका छन् । सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई ज्ञापनपत्र बुझाउँदै जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउन माग गरेका छन् । त्यसक्रममा उनीहरुले निगम कार्यलय घेराउ समेत गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरू निगम घेराउमा सहभागी भएका थिए । उनीहरुले पेट्रोलिय पदार्थमा एकतर्फी रुपमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे जस्तासुकै आन्दोलनका कार्यक्रम गर्नपनि पछि नपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया