Pura Samachar

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

प्रकाशित: November 22, 2021

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका हुन्।

‘उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ। महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ,’ भुसालनिकट एक नेताले सेतोपाटीसँग भने,’अहिलेनै केही सार्वजनिक भएको छैन। तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला।’

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्।

एमालेको १० औं महाधिवेशनमा अहिलेसम्म भीम रावलले मात्रै अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिक्रिया