Pura Samachar

महासचिवमा सुरेन्द्र पाण्डेको दाबी

प्रकाशित: November 22, 2021

महासचिवमा सुरेन्द्र पाण्डेको दाबी

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले १० औँ महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पाण्डेले अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा आफू महासचिव बन्न चाहेको प्रष्ट पार्नुभएको छ । उहाँले दशौं महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने प्रयत्न जारी रहेको बताउदै आफू सहमतिमै महासचिव बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि आइतवार हालका उपाध्यक्ष भीम रावलले अध्यक्षमा ओलीलाई चुनौति दिदै उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेताहरुले उम्मेदवारी दिन पाए पनि प्यानल बनाएर लड्न भने नपाइने पाण्डेले प्रष्ट पार्नुभयो । तर नेताहरु दुई खेमामा विभाजन हुने सम्भावना भने बढेको छ ।

प्रतिक्रिया