Pura Samachar

नेपाल हङकङसँग पराजित,

प्रकाशित: November 22, 2021

नेपाल हङकङसँग पराजित,

एजेन्सी । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

युएई स्थित आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो ।

आफ्नो पहिलो खेलमा पराजयको सामना गरेसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने नेपाललको लक्ष्यमा ठूलो झड्का लागेको छ ।

जितका लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले २ ओभर बाँकी रहदै मात्र ४ विकेट गुमाउँदै पूरा गर्यो।

हङकङको जितमा ओपनर मारिको हिलले अविजित ४९ रनको उत्कृष्ट इनिङ खेलिन् ।

यस्तै, नताशा मिल्सले १६ रन र कप्तानी केरी चानले १७ रनको योगदान दिईन् ।

नेपालका लागि कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए पनि जित भने दिलाउन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रनको इनिङ खेलिन् । अविजित ४० रन जोड्ने क्रममा सीताले ५८ बलमा ४ चौका प्रहार गरिन् । ईन्दु बर्माले ३१ रनको इनिङ खेलिन् । अन्तिम ओभरको चौथो बलामा रन आउट हुनु अघि ईन्दुले ३६ बलमा ३ चौका मद्दतमा ३१ रन जोडेकी हुन् ।

हङकङको बलिङमा बेटी चाङ र केरी चाङले १–१ विकेट हात पारिन् ।

नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकाल्नु पर्ने छ भने हङकङले कम्तिमा एक खेल हार्नु पर्ने छ ।

नेपालले दोस्रो खेलमा मंगलबार भुटानसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ टोली सहभागि छन् ।

प्रतियोगिताको विजेताले २०२२ मा हुने ग्लोबल छनोट खेल्न पाउनेछ । नेपालले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको क्षेत्रीय छनोट खेल्न लागेको हो।

प्रतिक्रिया