Pura Samachar

कोरोना बढने संभावना

प्रकाशित: November 22, 2021

कोरोना बढने संभावना

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड सरकार द्वारा आगामी महिनाको पहिलो सातामा संपन्न हुन गई रहेको साथै विभिन्न स्थानहरूमा पनि नाइट कार्निवललाई देखेर मानिसहरूले फेरि पनि कोरोनाको बढने आशंका जनाएका छन ।
आज कोहिभाको विभिन्न स्थानहरू गरिएको सर्वेक्षणले यो चाल पाइएको छ कि त्यस बेला यदि प्रत्येक मान्छे माॅकस र सेनिटाइजर र सामाजिक दूरीको कडा संग व्यवहारमा नउतारे सम्म अवश्य पनि लोकडाउन हुने स्थिति देखा पर्नेछ साथै कोरोनाको तेस्रो वेब पनि भित्रिन सक्ने कुरा पनि प्रकाशमा आएको छ ।
त्यति मात्र नभएर पर्वको समयमा मानिसको घुइँचो भने अत्यधिक हुने र सामाजिक दूरीको ख्याल नगर्ने भएकोले गर्दा सरकारले पनि ठोस निर्णय लिनुपर्ने कुरा पनि आजको सर्वेक्षणले स्पष्ट पारेको छ ।
हेर्दै जाऔ कहाॅ सम्म मानिसहरू सजग हुन्छन ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया