
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा रेजा लगाइएको थियो । तर मतपत्रमाको १९ नम्बरमा नाम रहेका देउवाले चुनाव लडेका थिए । देउवा शतप्रतिशत मतसहित महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।
देउवालाई सभापतिमा दोहोरिन कति चुनौती ? कति सहज ?
काँग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर देउवालाई विगतमा पनि डडेल्धुराबाट यसरी नै महाधिवेशन प्रतिनिधिमा ल्याउने गरिएको छ ।
प्रतिक्रिया