
काँग्रेस नेतृ आरजु राणा सर्वसम्मत रूपमै महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । देउवा, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्
१४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन सुरु भएको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।
एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिँदै छन् । अल्पसंख्यक र अपांगता भएकालाई पनि समावेशी कोटामा समेट्ने निर्णय भएकाले निर्वाचन क्षेत्र पिच्छे संख्या तलमाथि हुने छ ।
सोमबार प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन सुरु भएको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न समेत महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने प्रावधान छ
मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।
प्रतिक्रिया