Pura Samachar

नेपाल बारले कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँने

प्रकाशित: November 23, 2021

नेपाल बारले कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

नेपाल बार र बार सर्वोच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग) बाटै अघि बढ्ने भनेपछि आन्दोलनरत कानुन व्यवसायीले सोमबारदेखि राजनीतिक दलहरुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरु ध्यानाकर्षणपत्र बुझाउनेछन् ।

प्रतिक्रिया