वाशिङ्टन । अमेरिकाका वरिष्ठ टेलिभिजनकर्मी रिजस फिलविनको निधन भएको छ । ८८ वर्षका फिलविनको निधन भएको उनको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
टक सो होस्ट, अभिनेता र प्रस्तोता फिलविनले सन् १९५० को मध्यतिरबाट टेलिभिजनमा काम गर्न थालेका थिए । उनी ‘लाइभ विथ रिजस’ टक सो बाट चर्चित भए, उनले सो कार्यक्रम पहिलो केथी ली गिफोर्ड र त्यसपछि केली रिपासँग सञ्चालन गरे ।
सन् २०११ मा उनीले अवकास लिएको घोषणा गरेका थिए । उनले २५ वर्ष भन्दा बढी समयसम्म काम गरेका थिए । उनले ‘हू वान्ट्स टू बी अ मिलिनिएर?’ को सञ्चालन गरेका थिए ।
प्रतिक्रिया