Pura Samachar

कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधि चुनावमा पराजित

प्रकाशित: November 23, 2021

कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधि चुनावमा पराजित

काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा चयनका लागि भएको चुनावमा पराजित हुनुभएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित हुनुभएको हो । उहाँले ८३ मत पाउनुभएको थियो ।

क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी हुनुभएको छ ।

प्रतिक्रिया