
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंडमा कस्टोमरी कोर्टको माॅगको लगत्तै पछाडि अब फेरि कस्टोमरी विभाग खोलिनु पर्ने माॅग उठदै आएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार अल नागालैंड धोबासिस एसोसिएशन द्वारा हिजो साँझ गरेको एउटा विज्ञप्ति अनुसार अब सरकारले आफ्नो विभागहरूमा एउटा कस्टोमरी विभाग पनि खोलिनु पर्ने आवश्यकता बताएको छ ।
विज्ञप्तिले अज जनाएको छ कि सरकारले अब यो कदम भने यथाशीघ्र उठाउनुपर्ने र आज सम्म भने पुराना गाउँको गाॅउबुढाहरू द्वारा नै यो कार्य संपन्न गरी रहेको कुरा पनि सरकारलाई स्पष्ट रूपले बताएको छ ।
एसोसिएसनले अझै अगाडि जनायो कि नागालैंडमा विभिन्न नागाहरूका जाती र उपजाति भएकोले गर्दा पनि आफ्नो जातिगत कस्टोमरीलाई यथावत् बनाई राख्नको लागि उक्त विभागको अति नै आवश्यक परेको र यसको संरक्षण संवर्द्धन ,विकास र विस्तार एवं प्रगतिको पथमा अग्रसर पनि सरकारको आफ्नो जिम्मेवारी पनि भएको कुरा पनि विज्ञप्तिले स्पष्ट गरेको छ ।
स्मरण रहोस् धोबासिस एसोसिएशनले गतं केही महिना अगाडि पनि कस्टोमरी कोर्टको माॅग गरेको थियो र सरकारले पनि उक्त मागलाई स्वीकार गर्दै कार्यान्वयन पनि गरेको थियो ।फेरि तुरुन्तै विभागको माॅग भने सरकारले कतिको टेड पुच्छर लाउने हो ।त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया