
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ।
साेही अवधिमा नाै संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।
मन्त्रालयका अनुसार ९८ संक्रमित क्वारेन्टाइनमा, २२३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया