
धनुषा । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
मंगलबार धनुषाको तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी झालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा अजयकुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
डा झा नेविसंघ धनुषाका अध्यक्ष समेत रहिसक्नुभएको छ ।
प्रतिक्रिया