Pura Samachar

उम्मेदवार मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान,

प्रकाशित: November 24, 2021
पूरा समाचार

उम्मेदवार मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान,

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन कार्यतालिकाको टुङ्गो लागेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा कार्यतालिका अनुमोदन गरेको हो । कार्यतालिका अनुसार सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ ।

यस्तै एमालेको महाधिवेशन प्रतिनिधि संख्या दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

यसअघि १९९९ जना प्रतिनिधि हुने तय भएको थियो । तर पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने भट्टराईले बताउनुभयो । उहाँले पदेन प्रतिनिधि २३८, निर्वाचित प्रतिनिधि १८७९ निर्वाचित भैसकेको भन्दै महोत्तरी, रौतहट र भुपू सैनिकबाट आउन बाँकी ६८ जना रहेको बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिमा उत्पीडित दलित तर्फका १९५ र त्यसमा ६२ जना महिला रहेका छन् ।

प्रतिक्रिया