Pura Samachar

आमाबाट नवजात शिशुमा काेराेना भाइरस सर्दैन

प्रकाशित: July 27, 2020

आमाबाट नवजात शिशुमा काेराेना भाइरस सर्दैन

बीबीसी । कोभिड–१९ भएका गर्भवती महिलाले आफ्नो बच्चालाई संक्रमित गराउने सम्भावना नरहेको एउटा अध्ययनले पत्ता लगाएको छ । न्युयोर्कका तीनवटा अस्पतालमा जन्मिएका १२० बालबालिका मध्ये कुनै शिशुमा पनि कोरोना पोजेटिभ देखिएको थिएन जबकी तिनीहरु सबै संक्रमित आमाबाट जन्मिएका हुन् ।

आमासँग एउटै कोठामा बस्दा र स्तनपान गराउँदा समेत आमाबाट शिशुमा भाइरस नसरेको पाइएको छ । तर विज्ञहरुले यस प्रकारको अनुसन्धान ठूलो स्तरमा गरिएपछि मात्र यो कुरा पूर्ण रुपमा पुष्टि हुने बताइरहेका छन् । यसमा गर्भवती भएका बेला र स्तनपान गराउँदा  कोभिड–१९ को जोखिम हुनु दुर्लभ मानिन्छ जसकारण पनि भर्खर आमा बनेकाहरु र गर्भवती महिलालाई छुट्टाछुट्टै स्वास्थ्य सुझाव दिइएको छ ।

जस्तै बेलायतको रोयल कलेज अफ गाइनेकोलोजिस्टले उचित सावधानी अपनाएर आमाले बच्चासँग एउटै कोठामा बस्न र स्तनपान गराउन सक्छन् भनेको छ । तर अमेरिकी स्वास्थ्य निकायले भने बच्चालाई जोखिममा नपार्न अस्थाइ रुपमा आमाबाट छुट्टै राखिदिने गरेको छ ।

तर यो अध्ययनमा भने आमा र बच्चालाई एउटै कोठामा रहन दिइएको थिइयो जसमा संक्रमित आमाले मुखमा मास्क लगाउने र नियमित हात धोइरहने जस्ता उपाय अपनाएका हुन् । बच्चाहरुको सुत्ने ठाउँ आमाको खाटबाट २ मिटरको दूरीमा राखिएको थियो । यसमा सबै १२० शिशुहरु जन्मिएपछि गरिएको परीक्षणमा कोरोना नेगेटिभ नतिजा आएको हो । यसमा ७२ जना बालबालिकाको जन्मेको १५ दिनपछि परीक्षण गराउँदासमेत कोरोना नेगेटिभ नै आएको थियो ।

अध्ययनकी नेतृत्वकर्ता डाक्टर क्रिस्टिन सेलभटोर भन्छिन्, “हामी आशा गर्दछौँ की हाम्रो यो अध्ययनले धेरै नयाँ आमालाई उनीहरुबाट बच्चामा कोभिड–१९ को जोखिम अत्यन्तै न्यून छ भन्ने सुनिश्चित गराउनेछ । तर यसबारे अझ धेरै जानकारी लिन ठूलो स्तरको अध्ययन गर्नैपर्ने हुन्छ ।”

बेलायतमा गर्भवती अवस्था सम्बन्धी कोभिड–१९ राष्ट्रिय निरीक्षणकी प्रमुख प्रोफेसर मेरियन नाइटले पनि यो अनुसन्धानको समर्थन गर्दै भनेकी छन्, “बेलायतमा पनि कोरोना संक्रमित १ हजार आमाले जन्माएको बच्चामा केबल १–२ प्रतिशत बच्चामा मात्र कोभिड पोजेटिभ देखिएको थियो जसमा संक्रमित भए पनि सबै शिशुहरु यसका कारण गम्भीर बिरामी परेका थिएनन् ।”

प्रतिक्रिया