
काठमाडौं । मौसम र भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।
बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराव हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।
बुधवार विहानैदेखि मौसम खरावीका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान–अवतरण गर्न अनुमति नदिने गरेको जनाएको छ।
बुधबार उडानहरु ढिलाइ भए पनि रद्द हुने सम्भावना भने कम रहेको कार्यालय स्रोतले जनाएको छ। मौसम खुल्न थालेसँगै केही गन्तव्यका जहाजहरु उड्न थालेका छन् ।
भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थल भिजिविलिटीका कारण खुल्न सकेका छैनन्।
विमानस्थलका अनुसारका बुधवारका लागि १५० उडान हुने तालिका थियो।
उता केही दिनदेखि तराईका जिल्लामा बाक्लो कुहिरो लाग्नुका साथै शितलहर समेत चलेको छ ।
प्रतिक्रिया