
डा. हरिमोहन पोखरेल
कोहिमा/आगामी साल 2022 को विधान सभाको चुनावलाई ध्यानमा राख्दै नागा पिपुल्स फ्रंट (एन पी एफ )मणिपुर राज्यको लगभग सबैवटा सीटहरंमा चुनाव लड्ने कुरा गर्दै आफ्नो चुनावी रणनीति तैयार पारेको कुरा प्रकाशमा आएको छ ।
एन पी एफका संस्थापक अध्यक्ष श्री सरोजेले अंगामीले हिजो प्रेसलाई बताए कि आगामी साल 20 22 मा मणिपुरमा संपन्न हुन गई रहेको विधान समाको चुनावमा पार्टीले आफ्नो प्रत्याशिहरू जम्मै साठीवटा सिटमा उतारने छ र सके सम्म विधानसभामा भने आफ्नो बहुमत ल्याउने छ र सरकार समेत बनाउने कुरा समेत गरेका छन ।
प्रेसलाई अझै अगाडि अंगामीले भने कि एनपीएफ पार्टी भलै नै क्षेत्रीय पार्टीको रूपमा भए पनि पूर्वाञ्चल भारतमा भने यस पार्टीले केन्द्रको भाजपा सरकार संग गठबंधन गरेर आफैमा एउटा ऐतिहासिक र दरिलो पकड बनाएको कुरा पनि बताए ।
गतः पाॅच वर्ष अगाडिको विगततिर फरकदै उनले भने कि आज भन्दा पाँच वर्ष अगाडि बेला अर्कै थियो तर आज भने मानिसहरूको मन बदलिएको र पार्टीले अर्कै रणनीति अनपाएर काम गरिनु पर्ने कुरा पनि उनले मीडियालाई बताए ।
स्मरण रहोस आगामी साल 2022 मा मणिपुर राज्य लगायत देशका केही अन्य राज्यहरूमा विधान सभा चुनाव संपन्न हुदैछ ।त्यसको लागि पाटीले उठाइएको कदम सराहनीय छ भने एनपीएफ पार्टी एकमात्र नागालैंडको राजनीति पार्टी हो ।जसले पूर्वांचल भारतमा आफ्नो उम्मीदवार खडा गरेको छ ।जो आफैमा इतिहास हो ।
—-डा. हरिमोहन पोखरेल
प्रतिक्रिया