Pura Samachar

नेपालसहित ११० मुलुकलाई निमन्त्रणा,बाइडेनले लोकतान्त्रिक मुलुकको सम्मेलन गर्ने

प्रकाशित: November 24, 2021

नेपालसहित ११० मुलुकलाई निमन्त्रणा,बाइडेनले लोकतान्त्रिक मुलुकको सम्मेलन गर्ने

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निमन्त्रणा पठाएको छ । डिसेम्बरको ९ र १० तारिखमा हुने उक्त सम्मेलनमा चीन र रुसलाई भने बोलाइएको छैन ।

अमेरिकी विदेश विभागले जारी गरेको एक पत्रमा यसबारे उल्लेख छ । तर अमेरिकाले ताइवानलाई भने सम्मेलनमा भाग लिनका लागि निम्तो पठाइसकेको छ । अमेरिकाको यो कदमले आगामी दिनमा अमेरिका–चीन तनाव थप बढ्न सक्ने आकलन गरिएको छ। केही दिनअघि मात्र चीनले अमेरिकालाई ताइवान मुद्दामा आगोसँग नखेल्न चेतावनी दिएको थियो। किनकी ताइवानलाई चीनले आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ । बाइडेनले टर्कीलाई पनि निम्तो पठाएका छैनन्।

दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि यस सम्मेलनमा बोलाएको छैन ।

प्रतिक्रिया