Pura Samachar

देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदै

प्रकाशित: November 25, 2021
पूरा समाचार

देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदै

काठमाडौं – ‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ ।

तथ्यांक विभागका अनुसार देशभर जनगणनाकाे काम अन्तिम चरणमा पुगेको छ ।

जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ ।

यसैबीच, जाजरकाेटमा जनगणनाका लागि २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए ।

प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ ।

जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ ।

२०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो ।

यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए ।

उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएकाे छ ।

प्रतिक्रिया