Pura Samachar
  • फ्रान्समा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

    प्रकाशित: मंसिर ९, २०७८

    फ्रान्समा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

    पेरिस । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

    फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिए । उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए ।

    स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठुलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ । रासस/सिन्ह्वा

    प्रतिक्रिया