Pura Samachar

थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , ३ जनाको मृत्यु

प्रकाशित: November 25, 2021

थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , ३ जनाको मृत्यु

पालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३०८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।

२०८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १३० थपिएका छन्। जसमध्ये काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।

प्रतिक्रिया