Pura Samachar

न्यायालयको आन्दोलनमा प्रधानमन्त्रीको चासो, नेपाल बारका पदाधिकारीसँग आज छलफल

प्रकाशित: November 26, 2021

न्यायालयको आन्दोलनमा प्रधानमन्त्रीको चासो, नेपाल बारका पदाधिकारीसँग आज छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया