Pura Samachar

बसले ठक्कर दिदा वडाध्यक्ष कुमार बस्नेतको मृत्यु

प्रकाशित: November 26, 2021

बसले ठक्कर दिदा वडाध्यक्ष कुमार बस्नेतको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

विहिवार विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचार गर्न लैजादा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वडा अध्यक्ष सवार प्रदेश २ ०१ ००१ प ०२९१ नम्बरको मोटरसाईकलाई पश्चिम बाट पूर्व तर्फ जादै गरेको माउन्ट एभरेष्ट ईङलीस बोडिङ स्कुल शम्भुनाथ सप्तरीको ना ३ ख ३१४९ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।

काम विशेषले पूर्व पश्चिम राजमार्ग पुगेका वडाध्यक्ष बस्नेत सिन्धुली पूर्व जिल्ला सदस्य, तरुण दलका पुर्व जिल्ला सचिव र नेपाली कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।

प्रतिक्रिया