
खोटाङ । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले) बीच पार्टी एकीकरण भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गर्नुभएको छ ।
गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।
एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुँयालबीच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाड्नुभएका पूर्वसांसद फँयाल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया