Pura Samachar

हाईस्कूलमा आगामी एक दिसंबर बाट नाइट कारभिनल

प्रकाशित: November 26, 2021
पूरा समाचार

हाईस्कूलमा आगामी एक दिसंबर बाट नाइट कारभिनल

—डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंडमा दिसंबर महिना लाग्ने बितिकै नै राज्यका विभिन्न ठाउँहरूमा नाइट कार्निवल अर्थात नाइट बजारको नामले परिचित बजार लाग्ने कुरा पनि समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार हाईस्कूल एरियामा भने यस क्षेत्रमा लैशेमा युवा सङ्गठनले उक्त कारभिनलको आयोजना गरेको छ ।
संगठनका एकजना सक्रिय सदस्यले प्रेसलाई बताए अनुसार यस पल्टको नाइट कार्निवल भने अलग्गै प्रकारको रहने र यसमा प्रवेश शुल्क भने प्रति इच्छुक दोकान वा स्टोल लगाउनेले संगठनलाई दिनु पर्ने छ भने यो नाइट कार्निवल आगामी एक दिसंबर देखि दस दिसंबर सम्म साँझ छह बजेबाट नौ बजे सम्म रहने कुरा पनि सदस्यले बताए ।
उनले अगाडि भने कि गतः वर्ष भने कोरोनाको महामारीले गर्दा हामीले आयोजना गर्न सकिएन तर यस वषॅ भने हामीले कोविदको प्रोटोकल फोलो गर्दै उक्त नाइट बजारमा सबैले भाग लिन सकिने र सामानहरू भने सस्तो भन्दा सस्तो पाइने तथा विभिन्न प्रकारको लोटरी सम्म पनि राखिने कुरा उनले गरे ।
उनले अगाडि भने कि यस्तो खालको नाइट कार्निवल भने कोहिमा भित्र हाइस्कुलमा मात्र नभएर वाई जंक्शन एवं एओसी साथै अन्य स्थानहरूमा पनि लाग्ने छन भने लोकल ग्राउंडमा एक महिना सम्म लाग्ने बजार भने लगाउने या नलगाउने भन्ने कुनै टुङ्गो नरहेको कुरा पनि उनले प्रेसलाई बताए ।
स्मरण रहोस् कोहिमामा प्रत्येक वर्ष नाइट कार्निवल लाग्ने गर्छ भने यसमा सस्तो -सस्तो समान पाइन्छ ।यस पाली कस्तो हुने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया