Pura Samachar

अध्यक्ष ओलीद्वारा झण्डाेत्ताेलनसहित एमाले दशाैँ महाधिवेशन उद्घाटन

प्रकाशित: November 26, 2021
पूरा समाचार

अध्यक्ष ओलीद्वारा झण्डाेत्ताेलनसहित एमाले दशाैँ महाधिवेशन उद्घाटन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन उद्घाटन चितवनमा शुरू भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाट राष्ट्रिय झण्डा तथा पार्टीकाे झण्डा एकसाथा झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गर्नुभएकाे हाे ।

ओलीले रिमोर्ट थिचेर एमालेको झन्डा, नेपालको राष्ट्रिय झन्डा र पार्टीको चुनाव चिन्ह सूर्य अंकित झन्डा उत्तोलन गर्नुभयाे।

झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेर एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कटको अवलाेकन गर्नुभएकाे थियाे ।

उद्घाटन समारोहमा अहिले विभिन्न दलका नेताहरू शुभकामना सम्बोधन गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठागुरले सम्बाेधन गरिसक्नुभएकाे छ ।

प्रतिक्रिया