Pura Samachar

मामा-भान्जाको झगडामा मामाको मृत्यु

प्रकाशित: November 26, 2021
पूरा समाचार

मामा-भान्जाको झगडामा मामाको मृत्यु

थानकोटमा मामा र भान्जाको झगडामा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका-४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका-५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर छन्।

बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त घाइते भएका थिए।

घाइते पुलामी मगरको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर सेन्टरमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

मिलनलाई बिहीबार साँझ नै पक्राउ गरिएको उनले बताए। मिलनको पनि निधार, हात र घुँडामा चोटपटक छ।

प्रतिक्रिया