Pura Samachar

राशिफल

प्रकाशित: November 27, 2021
पूरा समाचार

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला। कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। कडा प्रतिस्पर्धामा उत्रनुपर्ला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। छिमेकमा केही असमझदारी देखिएला। बिनाकारण साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ। कामको राम्रै मूल्यांकन हुनेछ। तर विवादास्पद कामले प्रतिष्ठामाथि प्रश्न उठाउन सक्छ। उठेकाे रकम तत्काल खर्चनुपर्ने स्थिति पनि आउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ। काममा लगानी बढाउनुपर्ला। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले दैनिकी खर्चिलो हुनेछ। तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामकाे चापले व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरी बाहिर आउनाले केही समस्या देखापर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले लाभ दिलाउनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। व्यापार बढ्नेछ आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। तर सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ

प्रतिक्रिया