Pura Samachar

पेरिजेमा वयापक सरसफाई अभियान

प्रकाशित: November 27, 2021

पेरिजेमा वयापक सरसफाई अभियान

डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको कोहिमा जिल्ला अन्तर्गत पेरिजे कॉलोनीमा आज व्यापक रूपमा सरसफाई अभियान गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार पेरिजे युवा संघको विभिन्न विभागहरू द्वारा आयोजित सो सफाई अभियानमा काॅलोनीका जम्मै वर्गका बासिन्दाहरूले बिहान छह बजेबाट आरंभ भएर दस बजे सम्म चलेको थियो ।यस अवसरमा पेरिजे युवा संघ द्वारा पिउने पानी र जुसको व्यवस्था गरेको थियो भने लगभग सय जना जति महानुभावले भाग लिएका थिए ।
यो सरसफाई अभियान स्वच्छ भारत मिशन एवं क्लीन इंडिया अंतर्गत गरिएको थियो ।
स्मरण रहोस् प्रत्येक वर्ष पेरिजे काॅलोनी युवा संघ द्वारा आयोजना गर्ने गर्दछ ।जो आफैमा इतिहास हो ।

प्रतिक्रिया