Pura Samachar

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा भारी मतले विजयी

प्रकाशित: November 28, 2021

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा भारी मतले विजयी

काठमाडौं । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी हुनुभएको छ ।

आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गर्नुभएको हो ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेको थियो । ५२ मत बदर भएको थियो । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।

प्रतिक्रिया