
काठमाडौं – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रुपैया ९२ हजार १०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रुपैया ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रुपैया २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रुपैया ९१ हजार ६०० कायम भएको छ ।
शुक्रबार प्रतितोला रुपैया ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपैया १५ ले घटेर रुपैया एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया