Pura Samachar

सुमनको गोलमा पुलिसको पहिलो जित: शहीद स्मारक ए डिभिजन लिग

प्रकाशित: November 29, 2021
पूरा समाचार

सुमनको गोलमा पुलिसको पहिलो जित: शहीद स्मारक ए डिभिजन लिग

काठमाडौं । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको हो।

पुलिसको जितमा सुमन लामाले दोस्रो हाफमा निर्णायक गोल गरे।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुमनले रवि पासवानको लामो पासमा पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे ।

पहिलो हाफको जावलाखेलले पुलिसमाथि दबाब बनाउँदै गोलका लागि तीन अवसर बनाएपनि गोल गर्न सकेन ।

यस्तै पुलिसका लागि पहिलो हाफमा एक मात्र अवसर मिलेको थियो । जसमा तेज तामाङको प्रहार जावलाखृलका गोलकिपर टेकेन्द्र थापाले बचाए ।

दोस्रो हाफमा पनि दुव‌ै टोलीले गोलका लागि केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलको ७०औं मिनेटमा सुमन लामाले गरेको गोलनै निर्णाषक बन्दा पुलिस ३ अंक जोड्न सफल भयो ।

पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया