Pura Samachar

पार्टीको कार्यकारी पदमा नबस्ने नेता पण्डितकाे घाेषणा

प्रकाशित: November 29, 2021
पूरा समाचार

पार्टीको कार्यकारी पदमा नबस्ने नेता पण्डितकाे घाेषणा

काठमाडाैं । नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् । उपाध्यक्षको आकांक्षी रहेका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशाैं महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे बन्द सत्रमा पेस गरेकाे सूचीमा उनकाे नाम केन्द्रीय सदस्यमा थियो । तर उनले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको संगठित सदस्य मात्रै रहने घोषणा गरेका हुन् ।

प्रतिक्रिया