Pura Samachar

मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरी

प्रकाशित: November 30, 2021
पूरा समाचार

मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले गोल गर्न सकेनन् ।

दुवै टोलीले गोलका लागि केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गरेको थियो । सोमबारको खेल बराबरीपछि मछिन्द्रले दुई खेलबाट ४ अंक जोडेको छ ।

अघिल्लो खेलमा नेपाल पुलिस क्लबसंग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा पनि बराबरीपछि दुई खेलबाट चार अंक जोडेको छ ।

मछिन्द्र बराबरीमा रोकिएपछि दुई चरण सकिँदा शतप्रतिशत जित हात पार्नेमा मनाङ मर्स्याङ्दी क्लब मात्र रहेको छ ।

प्रतिक्रिया