Pura Samachar

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: November 30, 2021
पूरा समाचार

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने विभागले जनाएकाे छ । गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया