Pura Samachar

२४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

प्रकाशित: November 30, 2021
पूरा समाचार

२४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि ,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो ।
यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

प्रतिक्रिया