Pura Samachar

ओली प्यानलका ७ जना सचिवमा विजयी

प्रकाशित: November 30, 2021
पूरा समाचार

ओली प्यानलका ७ जना सचिवमा विजयी

नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् ।
सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया