Pura Samachar

जुम्लाको सिंजामा बस दुर्घटना हुँदा दुईको मृत्यु

प्रकाशित: December 1, 2021
पूरा समाचार

जुम्लाको सिंजामा बस दुर्घटना हुँदा दुईको मृत्यु

कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईजना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगन्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२, जुम्ला घोडेंगा गाउँमा दुर्घटना भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिनुभयो । नवीन रावल र विशाल बमको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

बसमा चारजना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया