Pura Samachar

मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

प्रकाशित: December 1, 2021
पूरा समाचार

मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

काठमाडौं, १५ मंसिर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको जुन कर्णाली प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, नेकपा (एकीकृत समाजवादी)का ३ र राप्रपाका १ सांसदले मत दिएका छन्।

प्रतिक्रिया