Pura Samachar

यसैबीच, पछिल्लो २४ घण्टामा २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,तीन जना सङ्क्रमितको मृत्यु

प्रकाशित: December 1, 2021

यसैबीच, पछिल्लो २४ घण्टामा २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,तीन जना सङ्क्रमितको मृत्यु

जिल्लागत रुपमा हेर्ने हो भने सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा छन् ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ६ सय ६८ छ ।

दोस्रो स्थानमा ललितपुर जिल्ला रहेको छ ।

ललितपुरमा सक्रिय संक्रमितहरुको संख्या ५ सय ५९ छ ।

तेस्रो स्थानमा रहेको भक्तपुरमा ४ सय ७६ जना सक्रिय संक्रमितहरु छन् ।

पाँच सय भन्दा कम तथा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा सुनसरी, धनुषा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके तथा कैलाली छन् ।

मनाङ, हुम्ला, मुगु, सल्यान तथा जाजरकोटमा भने सक्रिय संक्रमितहरुको संख्या शून्य छ ।

यी बाहेक बाँकी सबै जिल्लाहरुमा दुई सयभन्दा कम सक्रिय संक्रमितहरु छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा दश हजार ९ सय १९ जनामा आरटीपीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार आठ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ९५४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार ५८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया