
एजेन्सी । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएकाे चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएकाे जनाइएकाे छ ।
बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया