
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जना कोरोना पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ९ हजार ५११ पीसीआर र एक हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४५ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २०१ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ।
साेही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११० जना आइसीयू र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया