
काठमाडौ । राप्रपाको एकता महाधिवेशनमा अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । महामन्त्रीमा उनको आमनेसामने कुन्ती शाहीसंग हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवारमा रेखा थापासंगै डा. धवल शम्शेर राणा र श्याम तिमिल्सिनाको नाम टुंगो लागेको छ ।लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् । थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।
यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन हुन नसक्दा निर्वाचनका कार्यक्रम अगाडि बढेको भने छैन।भृकुटीमण्डपमा बिहीबार दिउँसो भने अध्यक्षका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन पक्षले मत माग्दै प्रचारप्रसार गरिरहेका छन्।
प्रतिक्रिया