Pura Samachar

देशभर सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

प्रकाशित: December 3, 2021
पूरा समाचार

देशभर सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । शुक्रवार देशभर सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

देशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै, शुक्रवार राती गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी र हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया