
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । शुक्रवार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ ।
१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्नुभएको थियो । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा श्क्रवार बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि शुक्रवार नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।
मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।
प्रतिक्रिया