
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुसमा हुने भएको छ।
पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
पार्टी सदस्य संख्या अहिलेसम्म सात लाख छ हजार कटिसकेको जानकारी गराउदै महराले यो संख्या अझै थपिने बताउनुभयो । माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्याउने तयारी गरेको छ।
माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ। माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो। एक–दुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताउनुभयो ।
यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ।
प्रतिक्रिया