
काठमाडौं । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार पदबहाली गर्दै हुनुहुन्छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया