Pura Samachar

मणिपुरेली किरात संघ द्वारा वार्षिक भितेपात्रो लोकार्पण

प्रकाशित: December 3, 2021
पूरा समाचार

मणिपुरेली किरात संघ द्वारा वार्षिक भितेपात्रो  लोकार्पण

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुरेली किरात संघ द्वारा सन् 2022 को वार्षिक भितेपात्रो (क्यालेन्डर )
लोकार्पण गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार हिजो चार बजे संघको काङलातोङबी स्थिति आफ्नै कार्यालयमा साधारण रूपमा संपन्न भएको समारोहमा मुख्य अतिथिको रूपमा श्री मणिकुमार लिम्बु प्रमुख सल्लाहकार मणिपुरेली किरात संघ उपस्थित थिए भने समारोहको अध्यक्षता भने संघकै अध्यक्ष जीत बहादुर लिम्बूले गरेका थिए ।
अतिथिहरू द्वारा संघको भितेपात्रो लोकार्पण पश्चात संघका मूल सचिव श्री राजेन राईजीले संघको भावी रणनीति माथि वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भने कि कोरोनाको महामारीले गर्दा हामीले सोचे जति काम गर्न सकिएन ।फेरि पनि बामे सर्दै भए पनि केही रूपमा कार्य गरेको छ ।आउने समयमा समयले साथ दिए काम गर्ने आशा राख्छौ ।
कोविदकोप्रोटोकल फोलो गर्दै संपन्न भएको समारोहमा संघका करीब बीस जना सदस्यहरू उपस्थित थिए ।
मुख्य अतिथिको आसनबाट बोल्दै श्री मणिकुमार लिम्बुले भने कि हाम्रो संघको यो आठौ संस्करणको रूपमा यो भितेपात्रो प्रकाशनमा ल्याएको हो ।यस विषम परिस्थितिमा पनि क्यालेन्डर प्रकाशमा ल्याउनु चानचुने कुरा चाहि होइन ।संघका सबै कार्यकर्ता र सदस्यहरुलाई धन्यवाद दिन चाहन्छु ।
अध्यक्षको संशोधन पश्चात समारोहको समापन भएको थियो ।

प्रतिक्रिया