
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको हाे ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा ३९२ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार १०८ पुगेको छ।
मन्त्रालयका अनुसार साेही अवधिमा ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ मन्त्रालयले जनाएकाे छ ।
हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालय जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
प्रतिक्रिया